३० माघ २०८१, बुधवार

बन्दाबन्दीले छेकेन धुलिखेलको विकास ( फोटो फिचर )

धुलिखेल । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच सामाजिक दुरीलाइ कायम राख्दै पूर्वाधार निर्माणको कामलाई धुलिखेलनगरपालिकाले निरन्तरता दिइएको छ ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडक कालोपत्र गर्ने तथा धुलिखेल नगरपालिका भित्रका वडाहरुमा खानेपानीको काम भइरहेको छ । सबै वडाका आयोजनाको काम अगाडि बढाइएको धुलिखेल नगरपालिकाले जनाएको छ । धुलिखेल नगरपालिकाको प्रमुख अशोक कुमार व्यान्जुले भन्नुभयो, “कोरोना महामारी नभएको भए अहिले नगरभरिका आयोजनाको काम तीव्र गतिमा भइरहेको हुन्थ्यो ।”
कोरोना सङ्क्रमण फैलिन नदिन सरकारबाट भएका निर्देशनहरूलाई पूर्ण पालना गर्दै अहिले सडक र खानेपानी तथा अन्य विकासनिर्माण सम्बन्धित आयोजनाको काम सुरु गरिएको छ । यसै अनुरुप धुलिखेल नगरमा डिफाइड (DFID) ,सडक बोर्ड, र धुलिखेल नगरपालिकाको साझेदारीमा १२.५ किमी सडक पिच तथा मर्मत कार्य हुँदैछ । साथै भुकम्प प्राधिकरणको आर्थिक साझेदारितामा एक करोड लागतमा धुलिखेल जरनडान्डा हुदै श्रीखन्डपुर जाने बाटो ८ सय ५० मिटर ढलान सहित निर्माण कार्य भैरहेको छ । त्यसै गरि धुलिखेल ११ मा सितल बस्ती ठुलीटार तिनपिप्ले सडक दुई करोड लागतमा निर्माण भइरहेको छ । धुलिखेल ११ मा खानेपानीको को काम भइरहेकै छ । साथै धुलिखेल हुदै काभ्रे भञ्ज्याङ् जोड्ने सडक ८० लाख लागतमा निर्माणकार्य भइरहेको छ । त्यसै गरि धुलिखेल नगरपालिका र सभासद विकास कोषको साझेदारीमा एक करोडको लगानिमा पात्लेखेत -बिपि राजमार्ग हुँदै पाँचखाल जाने बाटो निर्माण लगायतका योजनाको काम भइरहेको छ । उक्त योजनाको कामहरु सामाजिक दुरीलाइ कायम राख्दै भैरहेको छ।
धुलिखेल नगरपालिकाको प्रमुख अशोक कुमार व्यान्जुका अनुसार , “योजनाको काममा खटिने जनशक्तिको स्वास्थ्यको पूर्णरूपमा ख्याल गर्दै काम अगाडि बढाइएको छ ।”
उहाँले भन्नुभयो, “अहिले काम गरिने ठाउँमा निर्माण सामग्री र जनशक्ति उपलब्ध भएका आयोजनाहरूलाई नै प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ ।


प्रकाशित मिति: १० जेठ २०७७, शनिवार १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु