६ फागुन २०८१, मंगलवार

नेपालमा थप सात जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ६८२ पुग्यो

काठमाडौं । पछिल्लाे परीक्षणमा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ ।

अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् ।

योसँगै नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोकका एक, बाँकेका १ र गुल्मीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।
यस्तै कोरोना भाइरसको संक्रमणबाट निको भएकाको संख्या १५५ पुगेको छ ।

प्रकाशित मिति: १२ जेठ २०७७, सोमवार १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु