६ फागुन २०८१, मंगलवार

कम्तिमा २ प्रतिशत जनसंख्याको कोरोेना परीक्षण गर्ने सरकारको योजना:प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसंख्याको कम्तिमा २ प्रतिशतको कोरोना परीक्षण गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनु भयो । प्रधानमन्त्री ओलीले सातै वटा प्रदेशमा २० वटा भन्दा बढी प्रयोगशालाबाट हाल परीक्षण भइरहेको बताउँदै सरकारले परीक्षणको दायरालाई फराकिलो बनाएको बताउनुभयो । उहाँले महामारी फैलिन नदिन संक्रमित भेटिएको स्थानलाई सिल गरेर परीक्षणलाई तीव्र पारिने बताउनुभयो ।

त्यसक्रममा उहाँले माहामारी नियन्त्रणमा प्रारम्भिक दिनमा अलमल भएपनि अहिले सफल भएको समेत बताउनु भयो । ‘नाका बन्द, उडान बन्द लगायतका निर्णयले महामारी हुनबाट बचाएको छ । तर ढुक्क भएर बस्नसक्ने अवस्था नभएकाले सरकार सचेत छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उहाँले आपूर्ति व्यवस्था सहजरूपमा भएको तथा प्रयोगशाला सातै प्रदेशमा पुर्याएको तथा कम्तिमा २ प्रतिशत परीक्षण गर्ने योजना भएको भन्दै आपूर्ति व्यवस्था सहज बनाउने, स्थानीय तहलाई साझेदारी गर्ने, क्वारेन्टाइनको स्तरोन्नति गर्दै होटललाई क्वारेन्टाइनका रुपमा विस्तार गर्ने योजना रहेको पनि जानकारी दिनुभएको छ । उहाँले क्वारेन्टाइनको प्रबन्ध र राहत वितरणमा स्थानीयलाई सक्षम बनाएर क्वारेन्टाइनको अवस्थामा व्यापक सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महामारीसँग जुध्न सवै सरकारी संयन्त्र चुस्त र दुरुस्त हुनुपर्ने भन्दै यस्तो अवस्थामा खेल्ने भुमिकालाई हेरेर मूल्यांकन सरकारले गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति: १२ जेठ २०७७, सोमवार २२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु