२१ असोज २०८१, सोमवार

नेपालमा थप १७० जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२१२ पुग्यो

काठमाडौँ । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमित संख्या १२१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

मृतक संख्या ६ पुगेको छ । भारतबाट जेठ १० गते नेपाल आउनुभएका मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकाका ३५ वर्षीय पुरुष हुन् । जेठ ११ गते उहाँको स्वाब संकलन गरेकोमा आज मृत्यु पर्यन्त कोरोना पोजेटिभ आएको हो ।

१९ जना कोरोना जितेर घर फर्किएका छन् । नेपालमा अहिलसम्म काेराेना भाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ ।

प्रकाशित मिति: १६ जेठ २०७७, शुक्रवार १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु