६ फागुन २०८१, मंगलवार

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु , मृतकको संख्या सात पुग्यो

दैलेख । दैलेखको दुल्लु नगरपालिका वडा नः ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो ।

जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताउनुभयो । उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना पोजेटिभ भएको जानकारी दिएको छ । उनको कोरोना परीक्षणका लागि स्वाब १५ गते नै लगिएको थियो ।

दुल्लू नगरपालिका दैलेखका नगर प्रमुख घनश्याम भण्डारीले ३५ वर्षीय ती युवकको कोरोना पुष्टि भएको र कोरोना संक्रमणका कारणले मृत्यु भएका युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको नगर प्रमुख भण्डारीले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा कोरोना संक्रमित बाट मृत्यु हुने पहिलो ब्यक्ति हुन । यो संगै नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या सात पुगेको छ उनी दुल्लु नगरपालिका वडा न ११ का युवक हुन् ।

प्रकाशित मिति: १७ जेठ २०७७, शनिवार १९:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु