बाँकेमा बस दुर्घटना हुँदा ११ काे मृत्यु २२ घाइते
बाँके । गए राती १२ वजे भारतबाट नेपाल प्रवेश गरेकालाई लिएर नेपालगन्जबाट सल्यान जादै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका छ्न् ।
भारतबाट फर्केका यात्रुलाई लिएर नेपालगन्जबाट दाङतर्फ गइरहेको गाडी बाँकेको अगैयामा दुर्घटना भएको हो । बसमा रहेका सवारी चालक समेत गरी कुल ३३ यात्रु मध्ये ११ को मृत्यु भएकाे र मृतक १० पुरुष एक महिला रहनु भएको तथा घाइते २१ पुरुष र १ महिला गरी २२ जनाको भेरी अस्पतालमा उपचार हुँदै गरेको बाँकेका प्रमुख जिल्ला अघिकारी रामबहादुर कुरूम्ह्वाडले बताउनुभयो । घाइते मध्ये चार जना गम्भीर रहनु भएको छ । साे बस बिग्रिएर सडकमा राेकी राखेकाे ट्रकमा ठाेकिदा साे दुर्घटना भएकाे थियाे ।
प्रकाशित मिति: १९ जेठ २०७७, सोमवार ०८:१४ बजे