कोरोनाका कारण नेपालमा थप एकको मृत्यु, कुल मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा थप एक जनाकाे कोरोनाका करण मृत्यु भएको छ । योसँगै नेपालमा काेराेनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या नौ पुगेको स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयाे ।
पछिल्ला मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेको र उहाँलाई अस्वस्थ भएपछि केही समयपहिले त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएकाे गरिएकाे थियाे । उपचारका क्रममा शल्यक्रियासमेत गरिएको र पछि उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: २१ जेठ २०७७, बुधवार १७:१४ बजे