प्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे समसामयिक विषयमा विभिन्न क्षेत्रका विज्ञसँग छलफल गर्दै
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे समसामयिक विषयमा विभिन्न क्षेत्रका विज्ञसँग छलफल गरिरहनुभएको छ ।
नेपालमा कोरोना भाइरस सङ्क्रमणको अवस्था, अहिलेसम्मको तयारी, अब चाल्नुपर्ने कदम, लकडाउनको मोडालिटीलगायतका विषयमा प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गरिरहनुभएको हो ।
छलफलमा आर्थिक, योजना, जनस्वास्थ्य, चिकित्सा, नर्सिङ, निजि क्षेत्रलगायतका क्षेत्रका झण्डै ३० जना विज्ञ तथा प्रतिनिधि सहभागी छन् । एकातिर कोरोना सङ्क्रमित बढ्दै गएको र अर्कोतर्फ लकडाउन खोल्नुपर्ने माग उठिरहेकाे बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल थाल्नुभएको हो ।
प्रकाशित मिति: २१ जेठ २०७७, बुधवार २०:१२ बजे