काभ्रे जिल्लाको पाँच जनामा कोरोना सङक्रमण पुष्टि
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका पाँच जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, काभ्रेले जनाएको छ ।
स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले दिनुभएकाे जानकारी अनुसार आज धुलिखेल अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । रोसी गाउँपालिकामा तीन, पनौती नगरपालिकामा एक र पाँचखाल नगरपालिकामा एक गरी पाँच जनामा कोरोना सङ्क्रमण भेटिएको हो ।
सङ्क्रमितमध्ये चार भारतबाट आएका हुन् भने एक जना महिला धुलिखेल अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्न आएकी थिइन् । सङ्क्रमितमध्ये तीन पुरुष र दुई महिला रहेका छन ।
प्रकाशित मिति: २३ जेठ २०७७, शुक्रवार १४:४७ बजे