८ माघ २०८१, मंगलवार

धुलिखेल नगरपालिका ३ मा पार्क तथा गुम्बा शिलान्यास

धुलिखेल । स्थानीय निकायको निर्वाचनमा धुलिखेल नगरपालिका वडा नं ३ का जनप्रतिनिधिहरुले गरेको प्रतिबद्धता मध्य कुत्तालमा गुम्बा निर्माण पनि एक थियो । यसै अन्तर्गत अ.वा ०७६/०७७ मा गुम्बा निर्माण हुने गरि धुलिखेल नगरपालिका र वडाको सयुक्त साझेदारीमा रकम बिनियोजन भए संगै उपभोक्ता समिति निर्माण गरि काम सुरु गर्न लगिएको छ ।
उक्त स्थानमा गुम्बा संगै वरिपरिको वातावरण सुन्दरताको लागि पार्क पनि निर्माण हुने भएको छ , उपभोक्ता समितिले कामको सुरुवात गरे संगै गुम्बा र पार्क को शिलान्यास धुलिखेल नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्यान्जु श्रेष्ठले आज एक कार्यक्रमका बीच गर्नु भएको छ ।
उक्त कार्यक्रममा स्थानीयहरु को उल्लासमय उपस्थितिको बिच नगर प्रमुख ब्यान्जुले स्थानीय युवाहरु लाई आफ्नो गाउँ बनाउन आफै लाग्नु पर्ने र यस्तो कामको लागि आफू सधैं युवाहरु संगै हातेमालो गर्न तयार रहेको बताउनु भयो । उक्त कार्यक्रमको सभापति उपभोक्ता समितिका अध्यक्ष ईन्द्र बहादुर तामाङ हुनुहुन्थ्यो भने स्वागत मन्त्वय स्थानीय वडा सदस्य हिरा बहादुरले राख्नु भएको थियो र योजनाको आर्थिक प्रतिवेदन समितिका सचीव प्रकाश तामाङले पेश गर्नु भएको थियो । उक्त कार्यक्रमको बारेमा वडा सदस्य गणेश आचार्यले जानकारी गराउनुभयो ।

प्रकाशित मिति: २३ जेठ २०७७, शुक्रवार १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु