प्रकृतिको अनियन्त्रित दोहन रोक्न आजको दिनले प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीबाट शिक्षा लिँदै वातावरण संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व भएको बताएकी छिन् ।
विश्व वातावरण दिवसका अवसरमा आज ट्विट गर्दै उनले मानिस, अन्य प्राणी र वनस्पतिको सुरक्षित भविष्यका लागि विकासका नाममा प्रकृतिको अनियन्त्रित दोहन रोक्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छिन्
प्रकाशित मिति: २३ जेठ २०७७, शुक्रवार २१:४९ बजे