२५ असोज २०८१, शुक्रवार

थप २ कोरोना संक्रमणबाट मृत्यु , मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप २ जनाको मृत्यु भएको पुष्टि भएको छ । डोल्पा र कैलालीका १–१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुग्यो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
उनी दम रोगी रहेका थिए भने जेठ २१ गते मृत्यु भएको थियो । उनी सोही रोगको सुर्खेतमा उपचार गराएर जेठ १९ गते डोल्पा फर्किएका थिए ।

प्रकाशित मिति: २४ जेठ २०७७, शनिवार २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु