८ माघ २०८१, मंगलवार

काभ्रेमा ६ सय २७ बेडको क्वारेन्टाइन बनाइने

काभ्रे । काभ्रेमा विदेशबाट फर्किएकालाई राख्न ६ सय २७ बेडको होटल क्वारेन्टाइन निर्माण गरिने भएको छ । उक्त होटल क्वारेन्टाइनमा विदेशबाट फर्किएका काभ्रे जिल्लाका नागरिकलाई पैसा तिरेर बस्ने व्यवस्था मिलाइएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले यस्तो निर्णय गरेको हो ।

हालसम्म काभ्रे जिल्लामा सरकारी क्वारेन्टाइनको ६ सय ७४ बेड तयारी अवस्थामा छ । होटल क्वारेन्टाइनकोलागि क्षेत्रिय होटल संघ काभ्रेले डिसीसीएमसीलाई १४ वटा होटलको सूची बुझाएको छ । जुन सबै धुलिखेलका मात्रै छन् ।

धुलिखेल र बनेपाका गरी ४० वटा होटल क्वारेन्टाइनका लागि तयारी अवस्थामा रहेको संघका अध्यक्ष प्रेम कण्ठ मकाजु श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति: २७ जेठ २०७७, मंगलवार २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु