२० वैशाख २०८३, शनिवार

नेपालमा थप २७९ कोरोना सङ्क्रमित, कुल सङ्ख्या ४३६४ पुग्याे

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २७९ सङ्क्रमित भएका छन् । २५७ जना पुरुष र २२ जना महिला सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चार हजार ३६४ पुगेको छ । चार हजार ५५ पुरूष र ३०९ महिला सङ्क्रमित भएका हुन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।

थपिएका सङ्क्रमित मा २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । त्यसैगरी, बुधबार थप ९० डिस्चार्ज भएकाले कुल निकाे हुनेको सङ्ख्या ६७४ पुगेको छ । जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन् । आइसोलेसनमा तीनहजार ६७५, क्वारेन्टाइनमा एकलाख ७२ हजार २६६ रहेका छन् । आरडीटी र पीसीआर परीक्षणको सङ्ख्या एकलाख दशहजार ७४४ पुगेको छ ।

प्रकाशित मिति: २८ जेठ २०७७, बुधवार १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु