नेपालमा थप २५० जनामा संक्रमण पुष्टि, कुल सङ्ख्या ४ हजार ६१४ पुग्याे
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २५० सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार ६१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो ।
त्यसैगरी, आज थप १८७ डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको ८६१ सङ्ख्या पुगेको छ ।
प्रकाशित मिति: २९ जेठ २०७७, बिहीवार १६:३२ बजे