१८ असोज २०८१, शुक्रवार

वीरगञ्जमा मृत्यु भएका दुई जनामा कोरोना पुष्टि

वीरगञ्ज । विहीबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जनाको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । विहीबार वीरगञ्जको घण्टाघरछेऊमा मृत फेला परेका अन्दाजी २५ वर्षका पुरुष र वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारकोक्रममा शुक्रबार मृत्यु भएका बारा जिल्लाका ५ वर्षीय बालकको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यो संगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायका अनुसार वीरगञ्जको घण्टा घरछेऊमा मृत फेला परेका अन्दाजी २५ वर्षका पुरुषको शुक्रबार राती १० बजे पिसिआर परीक्षण पोजेटिभ आएको र बाराका ५ वर्षिय बालकको शनिबार बिहान पिसिआर परीक्षण पोजेटिभ आएको हो ।
वीरगञ्जको घण्टाघर अगाडि खाली रहेको जग्गाको पार्किङ्ग स्थलमा विहीबार फेला परेको अन्दाजी २५ वर्षिय बेवारिसे शवबाट विहीबार नै स्बाव संकलन गरि परीक्षणको लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाईएको थियो । परीक्षणपछि शुक्रबार राती १० बजे उक्त अन्दाजी २५ वर्षिय बेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनु भयो ।
त्यस्तैगरी वीरगञ्ज महानगर पालिका वडा नम्बर १४ बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्पतालमा बाराको निजगढका ५ वर्षिय बालकलाई निमोनियाको समस्या देखिएपछि भर्ना गरेर उपचार सुरु गरिएको थियो । उपचारकोक्रममा ति बालकको शुक्रबार मृत्यु भएपछि स्बाव संकलन गरी पिसिआर परीक्षण गर्दा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैबीच पर्सामा एक ३ बालक र १ महिला सहित थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाको कुम्हालटोलका २ जना ,पर्साकै सखुवाप्रसौनी क्वारेन्टाईनमा रहेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना पुष्टि भएका पाँच जनामा एक जना ३ वर्षिय बालक , एक जना १५ वर्षिय किशोर , एक जना ३० वर्षिय महिला र २ जना पुरुष रहेको वीरगञ्जको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिनु भयो ।

प्रकाशित मिति: ३१ जेठ २०७७, शनिवार १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु