धुलिखेलमा युवाहरु द्धारा दिप प्रज्वलन
धुलिखेल । कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा काभ्रेको धुलिखेलमा दीप प्रज्वलन गरिएको छ ।
संविधानमा नयाँ निशान छाप राख्न सदनमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएपछि देशभर खुशीयाली मनाउन सुरु गरिएको छ । शनिबार धुलिखेलमा खुशीयाली साटासाट गर्नुका साथै दिपावली गरिएको छ ।
धुलिखेलमा विभिन्न बाजा गाजा सहित भेला भएका सर्वसाधरणले दिपावली गरेका छन् । भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक सहितको नेपालको राजनैतिक एब प्रसाशनिक नक्सा सहितको निशान छाप शनिबार प्रतिनिधि सभाबाट पारित भएको छ । दिपावलीमा सहभागीहरुले राष्ट्रियताको पक्षमा आफुहरु कोहिसँग नझुक्ने बताएका छन् ।
उक्त कार्यक्रममा धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले संविधान संशोधन विधेयक पारित भएका दिन नेपाली जनताका लागि गर्वको दिन रहेको बताउँदै भारतले कब्जा गरेको भूमि फिर्ता ल्याउन नेपाली जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
स्वस्फुर्त रुपमा भेला भएका धुलिखेलका युवाहरुले सरस्वती पार्कमा दिपावली गरेका हुन् । युवाहरुले जबजस्र्त भारतले कब्जा गरिएको भूमि भोगचलन गर्ने वातावरण छिट्टै गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।
निशान छाप संशोधनको पक्षमा संसदमा उलब्ध भएका २५८ जना सासंदले मतदान गरेका थिए । बनेपामा पनि स्थानीयहरुले दिपावली गरेर खुशी साटेका छन् । अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट लागू भएसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।






प्रकाशित मिति: ३१ जेठ २०७७, शनिवार २३:३३ बजे











