१२ माघ २०८१, शनिवार

नेपालमा थप ४२५ सङ्क्रमित, कुल सङ्ख्या ५७६० पुग्याे, थप एककाे मृत्यु

काठमाडाैँ, जेठ ३२ गते । नेपालमा थप ४२५ जना सङ्क्रमित भएका छन् । पुरूष ३७५ र महिला ५० जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको हो ।

६ जना डिस्चार्ज

आइतबार ६ जना डिस्चार्ज भएकाले हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् ।

थप एककाे मृत्यु

क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । उहाँ भारतबाट नेपालमा आएर क्वारेन्टाइनमा बस्नुभएको थियाे । उहाँको मृत्युसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

७३ वटा जिल्लामा भाइरस फैलियाे

यस्तै, पूर्वी रुकुममा पनि भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा ७३ वटा जिल्लामा भाइरस फैलिएको छ ।

प्रकाशित मिति: ३२ जेठ २०७७, आइतवार १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु