धुलिखेलमा रहेको क्वारेन्टाइन डब्लुएचओको मापदण्ड अनुसार रहेको : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री

धुलिखेल । धुलिखेलको सञ्जिवनी मा.बिमा बनेको क्वारेन्टाइनको अनुगमन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले गर्नु भयोे। गत चैत्र १६ गतेको मन्त्रिपरिषद्को बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई क्वारेन्टाइनहरु मापदण्ड अनुसार भए–नभएको अनुगमन तथा सहजीकरण गर्न जिम्मा दिएको थियो । सोही जिम्मेवारी अनुसार आज
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले धुलिखेलमा बनेको क्वारेन्टाइनस्थल अवलोकन गरी मापदण्ड अनुसार भए–नभएको अनुगमन गर्नु भयो ।
धुलिखेलमा रहेको क्वारेन्टाइन डब्लुएचओको मापदण्ड अनुसार रहेको यस क्वारेन्टाइनमा अलग–अलग शौचालय र क्यान्टिनको व्यवस्था रहेकाले अन्य स्थानहरूमा भन्दा राम्रो रहेको राज्यमन्त्री नवराज रावतले बताए । धुलिखेलमा रहेको व्यस्थापन धुलिखेल नगरपालिकाले गरिएको छ ।
काभ्रेमा ५२ बेडको आइसोलेसन थप्ने तयारी
जिल्लामा ५२ बेडको आइसोलेसन थपिने भएको छ । हाल जिल्लामा १३ वेड मात्रै आइसोलेसन छ । सोमबार बसेको कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) काभ्रेको बैठकले पनौती, नमोबुद्धको मेथिनकोट अस्पताल, पाँचखाल र धुलिखेलको सञ्जिवनी विद्यालयमा १०÷१० वेडको आइसोलेशन तयार निर्णय गरेको हो ।
त्यस्तै ८ वेड आइसोलेशन भएको धुलिखेल अस्पतालमा १५ वेड र पाँच बेड रहेको शीर मेमोरियल अस्पताल बनेपामा थप ५ बेड आइसोलेसन बनाउने निर्णय सीसीएमसीले गरेको छ । बैठकले कति समयभित्र तयार गरिसक्ने भने निर्णय गरेको छैन् । जतिसक्दो छिटो बनाउने मात्रै उल्लेख गरिएको छ । जिल्लामा क्वारेन्टाइन संख्या बढ्दै जाँदा अहिलेसम्म पनि आइसोलेसन नबढाइएको भन्दै काभ्रेली नागरिकहरुले चिन्ता ब्यक्त गरेका छन् ।
जिल्लामा क्वारेन्टाइन बेड संख्या ७ सय ३ पुगेको छ । ११ बेड संख्या पाँचखालमा २९ बेड थपिएको छ । धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा ६०, रोशी गाउँपालिमा ८५ बेड संख्या क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । त्यस्तै महाभारतमा ४६, मण्डदेउपुरमा २५, चौरीदेउरालीमा ३०, भूम्लुमा ३०, बेथानचोकमा ३५, तेमालमा १ सय ५ र खानी खोला गाउँपालिकामा २४ बेडको क्वारेन्टाइन रहेको छ ।
प्रकाशित मिति: १ असार २०७७, सोमवार २२:३६ बजे