२६ असार २०८२, बुधवार

धुलिखेलमा सिँचाईकोलागि डिप बोरिङ सुरु

धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नम्बर ६ ताङ्हाखुशीमा डिप बोरिङको काम सुरु भएको छ । जलस्रोत तथा सिँचाई विभागको आर्थिक सहयोगमा काम सुरु भएको हो । आगामी आर्थिक वर्षभित्र डिप बोरिङको काम सकिने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

संघ सरकारको क्रमागत योजना अन्तर्गत डिपबोरिङ आयोजना नगरप्रमुख अशोक ब्याञ्जुले शुभारम्भ गर्नुभएको हो । इन्जिनियर हुमार्गाका अनुसार करिब ५० लाख लागतमा काम सकिनेछ । खानेपानी र सिँचाइ प्रयोगजनका लागि डिपबोरिङको पानी प्रयोग गर्न सकिने भन्दै स्थानीय खुशी भएका छन् ।

धुलिखेल नगरपालिकाभित्र एक घर,एक धारा कार्यक्रम सुरु भइसकेको छ । यो कार्यक्रमलाई पनि डिप बोरिङले थप मद्दत पुर्याउने बताइको छ । धुलिखेलका प्रायः जसो वडामा कोलाती भुमिडाँडाबाट ल्याइएको पानी वितरण गरिएको छ । गएको जेठ १४ गते पनौती क्षेत्रमा आएको भिषण बाढीले पाइप बगाउन एकहप्ता भन्दा बढी समय धुलिखेलमा खानेपानीको हाहाकार मच्चिएको थियो ।

प्रकाशित मिति: २ असार २०७७, मंगलवार १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु