धुलिखेल रंगशालामामा प्याराफिट निर्माण हुने

धुलिखेल । धुलिखेलमा नगरपालिकामा रहेको रंगशालामा थप रंगशाला प्याराफिट निर्माण कार्यको सिलान्यास धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुले गर्नु भयो । उक्त धुलिखेल रंगशाला निमार्णका लागि प्रदेश सरकारको २५ लाख बिनियोजित गरेको थियो । धुलिखेलनगरपालिकाले खेल क्षेत्र र खेलाडीहरू उत्थानमा सधैं लाग्ने कुरा नगर प्रमुख अशोक ब्यान्जु उल्लेख गर्नु भयो ।
धुलिखेल ४ मा शिव मन्दिर निर्माण हुने
साथै आज धुलिखेल नगर पालिका वडा नं ४ को तिमल्सिना टोलमा शिव मन्दिर सिलान्यास धुलिखेल नगर प्रमुख अशोक कुमार व्यान्जुले गर्नु भयो । उक्त शिव मन्दिर वडा नगरपालिका र स्थानीय जनताको सहभागिता १३ लाख लागतमा निर्माण हुन लागेको छ । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक व्याञ्जुले धुलिखेल नगरपालिका सबै जातजाति धर्म संस्कृतिको उत्थानमा लागेको कुरा बताउनु भयो ।
प्रकाशित मिति: ३ असार २०७७, बुधवार १४:५४ बजे