नगरपालिका संघले पनौती नगरलाई दियो स्वास्थ्य सामाग्री
पनौती । कोरोना भाईरसको महामारी फैलिरहँदा पनौती नगरपालिकालाई नेपाल नगरपालिका संघले स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । नेपाल नगरपालिका संघले स्वास्थ्य सामाग्री संघका अध्यक्ष अशोक कुमार व्यान्जुले पनौती नगरपालिकामा नगर प्रमुख भिम न्यौपानेलाई हस्तान्तरण गर्नुभएको थियो ।
पनौती नगरपालिकालाई ५०० थान मेडिकल माक्स, पिपिई सेट , माईक्रो थर्ममिटर , सेनिटाईजर , ग्लोबस , गगल्स नेपाल नगरपालिका संघले उपलब्ध गराएको छ ।

प्रकाशित मिति: ४ असार २०७७, बिहीवार २०:२१ बजे











