३० माघ २०८१, बुधवार

नेपालमा थप ५३५ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल ९ हजार ५६१ सङ्क्रमित

काठमाडौँ । पछिल्लो परीक्षणमा नेपालमा थप ५३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा अयोजित पत्रकार सम्मेनलमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे । यस्तै थप ३७० जना निकाे भएर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेकाे सङ्ख्या २१४२ पुगेकाे छ ।

कहाँ कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५÷१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२/१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५/५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २/२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन् ।

अहिले पनि देशभरका क्वारेन्टिनमा ९० हजार ७३० जना छन् । यस्तै हालसम्म एक लाख ८१ हजार २७१ नमुनाको आरटी सीपीआर टेस्ट गरिएको छ भने २ लाख ६८ हजार १०३ ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ८ असार २०७७, सोमवार १८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु