धुलिखेल नगरको नगरसभामा १ अर्ब ११ करोड ११ लाखको बजेट प्रस्तुत
धुलिखेल । धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनीक गरेको छ । धुलिखेल नगरको सभाहलमा आयोजित साताँै नगर सभामा धुलिखेल नगरका प्रमुख अशोक व्याञ्जुले रु. १ अर्ब ११ करोड ११ लाख ११ हजार रुपियाँ अनुमानित बजेट प्रस्ताव गर्नुभएको हो ।
जसमध्ये संघीय सरकारबाट समानिकरण अनुदान ११ करोड ९६ लाख र सर्शत अनुदान २७ करोड ३७ लाख समपुरक अनुदान १ करोड १२ समेत जम्मा ४० करोड ४६ लाख बागमती प्रदेश सरकारबाट ६ करोड १७ लाख ४० हजार प्राप्त हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।
राजश्व बाँडफाडँतर्फ अन्तर्गत १४ करोड ६६ लाख ५४ हजार प्राप्त हुने अनुमान गरिएको प्रमुख अशोक व्याञ्जुले बताउनुभयो । त्यस्तै आन्तरिक स्रोतबाट २२ करोड १ लाख १६ हजार प्राप्त हुने अनुमान गरिएको छ । धुलिखेल नगरपालिकाको बजेटको लक्षित उद्देश्यमा कोभिड १९ ले उत्पन्न गरेको परिस्थितीलाई सम्बोधन गर्नेतर्फ ध्यान दिएको छ ।
संघीय सरकारबाट प्राप्त अख्तियारी समेत कुल प्रस्तावित बजेट १ अर्ब ११ करोड ११ लाखको बजेट मध्ये चालु खर्चतर्फ ५१ करोड ४ लाख ४० हजार र पुँजीगत खर्च तर्फ ६० करोड ६ लाख ७१ हजार छ ।
प्रकाशित मिति: १० असार २०७७, बुधवार १८:५५ बजे











