२५ असोज २०८१, शुक्रवार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढेको हो । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी निगमले दिएको छ।

योसँगै पर्सा (वीरगञ्ज) लगायत तराईका जिल्लामा पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५ रुपैयाँ र डिजेलको मूल्य ८५ दशमलव ५ रुपैयाँ पुग्ने भएको छ। काठमाडौं उपत्यकामा भने थप डेढ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: १६ असार २०७७, मंगलवार २२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु