६ फागुन २०८१, मंगलवार

नेपालमा थप ४८२ सङ्क्रमित, कुल १४ हजार ४६ पुग्याे

काठमाडौँ । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या बुधबार १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । जसमध्ये ११७ महिला र ३७५ पुरुष रहेका छन् ।

डिस्चार्ज

देशभर चार हजार ६५६ डिस्चार्ज भएका छन् ।

यस्तै, क्वारेन्टाइनमा ४८ हजार ३६२ र आइसोलेसनमा नाै हजार ३६० जना रहेका छन् ।

उपत्यकामा १७ सङ्क्रमित

काठमाडौँ जिल्लामा पाँच पुरुष र पाँच महिला, ललितपुरमा तीन महिला र दुई पुरूष र भक्तपुरमा एक महिला र एक पुरुषलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मृत्यु

असार १४ गते अछामका ४५ वर्षका एक जना पुरूषकाे मृत्यु भएकाे छ । अछामकाे बयलपाटा अस्पतालमा भएकाे मृत्युपछि लिएकाे स्वाबमा असार १६ गते काेराेना पुष्टि भएकाे छ ।

प्रकाशित मिति: १७ असार २०७७, बुधवार २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु