धुलिखेल नगरपालिका भित्रका सबै विद्यार्थिलाई धुलिखेल कै क्याम्पसहरुमा स्नातक तह पढ्दा शुल्क नलाग्ने
![image image](http://www.nepalaynews.com/wp-content/uploads/2020/06/FB_IMG_1593141650625.jpg)
धुलिखेल । धुलिखेल नगरपालिकाले नगर भित्ररहेको धुलिखेल क्याम्पस र सञ्जिवनी क्याम्पसमा स्नातक तहमा पढ्ने धुलिखेल नगरपालिकाका सबै विद्यार्थिलाई कुनै पनि शुल्क नलिने निर्णय गरेको छ । धुलिखेल नगरपालिकाको सातौँ नगरसभाले नगरपालिका भित्रका १२ वटै वडाबाट नगर भित्ररहेको दुई वटा क्याम्पसमा स्नातक पढ्ने विद्यार्थीलाई कुनै पनि शुल्न नलिने निर्णय गरेको हो ।
साथै नगरसभाले धुलिखेल नगरपालिका भन्दा बाहिराबाट आएर धुलिखेल नगरपालिकामा रहेको क्याम्पसमा पढ्ने विद्यार्थीलाई पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो । नगरसभाले पारित गरेको उक्त निर्णय चालु शैक्षिक शत्रबाटै कार्यान्वयनमा आउने नगर प्रमुख अशोक व्याञ्जुले बताउनुभयो ।
साथै धुलिखेल नगरपालिकाले स्वस्थ प्रतिसपर्धा गरेर राम्रो अंक ल्याउनेलाई यि बाहेक अन्य छात्रावृत्तिको पनि व्यवस्था गरिएको धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव प्रसाद शर्माले बताउनुभयो ।
उच्च शिक्षामा सबै समुदायका विद्यार्थीको पहुँच पुर्याउन, शैक्षिक गुणस्तरमा सुधार ल्याउन र प्रतिस्पर्धात्मक प्रणालीको विकास गर्ने उद्देश्यले शिक्षामा नयाँ कार्यक्रम नगरपालिकाले विशेष महत्वका साथ सञ्चालन गरेको हो ।
प्रकाशित मिति: १९ असार २०७७, शुक्रवार १५:५९ बजे