२ माघ २०८१, बुधवार

खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप

काठमाडौं । ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।

विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले विरोध गर्दै आएका छन्। पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका छन् ।
उनीहरूलाई प्रहरीले रोक्न खोजेपछि बिहानैबाट तनाव बढेको थियो। केही स्थानीयवासीले प्रहरीलाई खेतमा पुग्नु अगाडि नै रोकेका थिए भने अरूले खानजोत सुरु गरेका थिए । रोपाइँमा ट्याक्टरको प्रयोग गरिएको थियो ।

थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइतेसमेत भएका छन् । भिडलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ ।

प्रकाशित मिति: २० असार २०७७, शनिवार १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु