प्रधानमन्त्री राष्ट्रपतिसँग परामर्शका लागि शीतल निवासमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको छ ।
नियमित भेटघाट र परामर्शका लागि प्रधानमन्त्री ओली साँझ ६ः०० बजे शीतल निवास जानुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
सचिवालयकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीचको नियमित भेटघाट हो । भेटघाटमा समसामयिक राजनीतिक विषयमा समेत परामर्श हुने बताइएको छ ।
प्रकाशित मिति: २० असार २०७७, शनिवार १९:४५ बजे