३० माघ २०८१, बुधवार

उपत्यकामा २३ सहित थप २५५ जना कोरोना सङ्क्रमित थपिए, कुल १६ हजार ४२३

काठमाडौँ। । पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

क्वारेन्टाइनमा २४ हजार ४०, आइसोलेसनमा आठ हजार ६३६ रहेका छन् ।

डिस्चार्ज

आज २५३ जना निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै सातहजार ७५२ पुगेको छ । याे ४७.२ प्रतिशत भन्दा बढी सङ्क्रमित स्वास्थ्य लाभपछि घरमा डिस्चार्ज भएका छन्।

उपत्यकामा सङ्क्रमित

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २३ पुगेको छ । काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना सङ्क्रमित भएका छन् ।

हिजाे मंगलबार उपत्यकामा २८ जना सङ्क्रमित पुष्टि भएकाे थियाे । साेमबार उपत्यकामा ५४ र आइतबार ३० जनामा भाइरस सरेकाे थियाे ।

प्रकाशित मिति: २४ असार २०७७, बुधवार १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु