८ माघ २०८१, मंगलवार

सरिता गिरी प्रकरणमा आयोगकी सदस्य मोहना अन्सारीको टिप्पणी ‘खेदजनक’

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आयोगका सदस्य मोहना अन्सारीलाई सचेत गराएको छ । आयोगकी सदस्य अन्सारीले संसद सदस्य सरिता गिरीमाथि समाजवादी पार्टीले गरेको छानबीन र कारबाहीप्रति खेद प्रकट गर्नुभएको थियो ।
आयोगले बिहिबार एक विज्ञप्ती जारी गरी सदस्य अन्सारीले दलीय अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाईप्रति आयोगको ध्यानाकर्षण भएको जनाउँदै अस्वीकार गरेको जनाएको छ । आयोगका अध्यक्ष अनूप राज शर्माले असार १५ गते मा सदस्यहरुलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको सन्दर्भ उल्लेख गर्नुभएको छ । सचेत गराइएपनि यसप्रकारको भनाइ ट्वीटरमा आउनु खेदजनक रहेको बताउनुहुँदै उहाँले यसमा कोहीपनि भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
आयोगकी सदस्य अन्सारीले असार २३ गते ट्वीटरमा समाजवादी पार्टीले आफ्ना सांसद सदस्य सरिता गिरीमाथि आफ्ना विधान र राजनीतिक दलसम्बन्धी ऐन बमोजिम कारबाही गर्ने विषय खेदजनक रहेको टिप्पणी गर्नुभएको थियो । उहाँले समाजवादी पार्टीले सांसद गिरीबारे गर्न लागेको छानबीनलाई ‘कथित छानबीन’को संज्ञा दिनुभएको थियो ।
संसद सचिबालयले समाजवादी पार्टीको प्रमुख सचेतकको पत्रपछिसांसद गिरीलाई आज मात्रै संसद सदस्यबाट पदमुक्त गरेको छ । गोरखापत्र अनलाइनबाट

प्रकाशित मिति: २५ असार २०७७, बिहीवार १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु