२० असोज २०८१, आइतवार

केबल सञ्चालकद्वारा नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय

काठमाडौँ । नेपालको राष्ट्रियता र स्वाभिमान बिरूद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपाल बिरुद्ध भ्रमणपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरुले फोन र म्यासेजगरी त्यस्ता च्यानल बन्द गर्न वितरकहरुलाई आग्रह गर्दै आएका थिए ।

डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतले सामुहिक रुपमा आजतक, जीन्यूज, एवीपी न्यूजलगायत भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यका अनुसार, सरकारी स्वामित्वको दूरदर्शन र केही बिजनेस टेलिभिजनबाहेक नेपाल बिरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने टेलिभिजन च्यानल बिहीबार साँझदेखि नेपालमा नदेखिने व्यवस्था गरिएको छ । भारतीय टिभी च्यानलहरुले नेपालको अद्यावधिक नक्सा प्रकाशनलगायत आन्तरिक राजनीतिक तथा कुटनीतिक मर्यादा विपरितका विषयमा तराई मधेशका नेतासमेतको नाम जोडेर भूमपूर्ण समाचार प्रसारण गरिहेका छन् । प्र

वन्ध निर्देशक आचार्यले भारतीय च्यानलमा नेपाल विरोधी ‘कन्टेन्ट’ प्रसारण बढेपछि वितरकबीचको सल्लाहले साङ्केतिक रुपमा भारतीय च्यानल बन्द गरिएको बताउनुभयो । उहाँले युट्युवलगायत इन्टरनेटका माध्यमबाट आउने नेपाल बिरोधी सामग्री रोक्न सरकारले विशेष पहल थाल्नुपर्ने समेत बताउनुभयो । उहाँले भारतीय च्यानलको ‘डाउनिङ’ लाइसेन्स नै खारेज गर्न सरकारले सक्ने भन्दै ‘क्लिन फिड’ लागु गर्नुअघिनै इन्टरनेटबाट अनाधिकृत रुपमा आउने भिडियो कन्टेन्टहरु रोक्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति: २५ असार २०७७, बिहीवार २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु