६ फागुन २०८१, मंगलवार

कोशीमा पानीकाे बहाव उच्च, ३८ वटा ढोका खोलियो

सप्तरी । विहीबारदेखि सुरु भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ। शुक्रबार बिहानदेखि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको हो । पानीको वहाव उच्च भएपछि शुक्रबार दिउँसो देखि ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ ।
सप्तकोसी ब्यारेजमा गरिएको पछिल्लो मापनअनुसार २ लाख ५६ हजार ६ सय १५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको जिल्ला प्रहरीको छ। अनुसार ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नदीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ । ५ वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चि तर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढदै गएको हो ।
यसैगरी कोसीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो।

प्रकाशित मिति: २६ असार २०७७, शुक्रवार १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु