३ फागुन २०८१, शनिवार

कोरोना सङ्क्रमणबाट निधन भएका पुरुष बस्ने टोल सिल

काठमाडौं । कोरोना भाइसरको सङ्क्रमणबाट निधन भएका गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको घर रहेको टोल सिल गरिएको छ ।

मृतकको घर गल्ली सिल गरी उनको सम्पर्कमा आएका १३ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि आज राष्ट्रिय विधि विज्ञान प्रयोगशाला टेकुमा पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिकृष्ण उपाध्यायले जानकारी दिए ।
५४ वर्षीय पुरुषको निधन भइसकेपछि गरिएको परीक्षणमा कोरोना रहेको पुष्टि भएको हो । मधुमेह, उच्च रक्तचापलगायत रोगबाट पीडित भई उपचारका क्रममा निधन भएपछि पिसिआर परीक्षण गरिएको हो ।

कोरोनाबाट नगरपालिकामा निधन भएको यो पहिलो घटना भएको जनाइएको छ । नगरपालिकाको वडा नं ५ मा पनि विदेशबाट फर्किएका एक जनामा कोरोना देखिएपछि हाल उपचार भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: २८ असार २०७७, आइतवार २१:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु