प्रधानमन्त्रीको स्वीस बैंकमा खाता रहेको भन्ने समाचार गलत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा खाता रहेको भन्ने केही अनलाइन तथा पत्रपत्रिकामा आएको समाचार भ्रामक र गलत रहेको बताइएको छ ।
प्रधानमन्त्रीका प्रेस सलकार सूर्य थापाले विहीबार जारी गर्नु भएकाे प्रेस नोटमा भएिकोछ, “ग्लोबल वाच एनालाइसिस“को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैर जिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
साथै प्रेस नोटमा भनिएकाे छ, स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित छ ।
प्रकाशित मिति: ३१ असार २०७७, बुधवार ०९:४७ बजे











