जनताको गुनासो सुन्न धुलिखेल नगरप्रमुख घर दैलोमा

धुलिखेल । धुलिखेल नगरपालिकाको प्रमुख अशोक व्याञ्जु नगरवासीको सुखदुःख बुझ्न वडा वडामा पुग्नुभएको छ। उहाँले यस आर्थिक वर्ष २०७७/०७८ सुरुवात नागरिकको गुनासोहरु सुन्न बाट थालनि गर्नु भएको छ । यस आर्थिक वर्षको नीति तथा कार्यक्रममानै मेयरसँग नगरबासी कार्यक्रम राख्नु भएको धुलिखेलका नगर प्रमुख अशोक व्याञ्जुले आज पहिलो एउटा वडामा नागरिक सँग भेटघाट, छलफल तथा अन्तरक्रिया को सुरुवात गर्नुभएको हो । धुलिखेल नगरपालिका वडा नम्बर १० बाट सुरु भएको भेटघाट कार्यक्रम धुलिखेलका सबैवडामा हुने कुराको जानकारी नगर अशोक व्याञ्जुले बताउनुभयो । साथै सबै वडाका जनताको गुनासाहरु दुई महिनाभित्र सबै वडामा पुगेर सुन्ने प्रमुख अशोक व्याञ्जुले बताउनुभयो।
अघिल्लो आर्थिक वर्षमा सकेका योजनाहरुको समीक्षा चालु आर्थिक वर्षमा वडामा संचालन हुने कार्यक्रमको जानकारी र नगरपालिकाले गरेको कामका बारेमा नागरिकहरूसँग सल्लाह सुझाब तथा प्रतिक्रिया लिने प्रमुख अशोक व्याञ्जुले बताउनुभयो । बढीमा दुई महिनाभित्र “सबै वडाका नागरिकहरूको सल्लाह सुझाब प्रतिक्रियाहरु लिइसकेपछि नगरमा समीक्षा कार्यक्रम गर्ने योजना बनाएका छौं ”नगरप्रमुखले भन्नु भयो । जनताको तहबाट आएका सुझावहरुलाई नगरपालिकाले कार्ययोजना भित्र समाबेश गरेर अघि बढ्न सजिलो हुने कुरा नगर प्रमुख अशोक व्याञ्जुले बताउनुभयो ।
यस किसिमको कार्यक्रमले धुलिखेल नगरपालिकाले सन्चालन गरेको हरेक योजना र अघि सारेका शिक्षा ,स्वास्थ्य ,कृषि, पर्यटन, पूर्वाधार विकास तथा अन्य नीति तथा कार्यक्रममा आम जनताको सहभागिता जुटाउन नगरपालिकाले गरेको कामलाई जनताको अपनत्व कायम गर्न सजिलो हुने प्रमुख अशोक व्याञ्जुले बताउनुभयो।निर्वाचित भएपछि मतदाता भेट्नै नजाने धेरै जनप्रतिनिधिहरूको परिपाटी छ त्यसैले गर्दा जनप्रतिनिधि र जनताबीच अविश्वास पैदा गराउँदछ उहाँले भन्नुभयो । यसकारण प्रजातन्त्रिक ढङ्गबाट जनमुखी विकासको अवधारणालाई सार्थक बनाउन जनतासँग भेटघाट जनताका आधारभूत आवश्यकता सम्बोधन गर्ने काम जनप्रतिनिधिले गर्नुपर्छ । साथै उक्त कार्यक्रम अन्र्तगत ” म आफै एउटा एउटा वडामा पुगेर जनताको गुनासो सुन्ने कामलाई निरन्तरता दिइरहने छु “नगर प्रमुख अशोक व्याञ्जुले बताउनुभयो । “जनताको गुनासो सुन्ने मात्र होइन त्यसलाई सम्बोधन पनि हुन्छ” नगर प्रमुख अशोक व्याञ्जुले भन्नुभयो ।
प्रकाशित मिति: ३ साउन २०७७, शनिवार १६:५८ बजे