२ माघ २०८१, बुधवार

नेपालमा थप २२४ सङ्क्रमित पुष्टि, कुल १९ हजार ७७१

काठमाडौं । कोरोनाभाइरसका २२४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल पाँच हजार ३१६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ७६८ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हाल क्वारेन्टिनमा १२ हजार १११ जना आशंकित छन् । पछिल्लो चौबीस घण्टामा १५१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति: १६ साउन २०७७, शुक्रवार १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु