काभ्रेमा पहिलो पटक प्रहरीमा कोरोना संक्रमण देखियो
काभ्रे । काभ्रेमा पहिलो पटक प्रहरीमा कोरोना संक्रमण देखियो । आज काभ्रे जिल्लामा कार्यरत एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
चितवन जिल्ला माडि नगरपालिका – ८ घर भई हाल संघीय प्रहरी इकाई कार्यालय काभ्रेमा कार्यरत ३० वर्षका पुरुषको पिसिआर पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।
उहाँकाका अनुसार कोरोना संक्रमण पुरुषलाई धुलिखेल अस्पतालको आईसोलेसनमा राखी उपचार भईरहको बताईएको छ ।
प्रकाशित मिति: २० साउन २०७७, मंगलवार २०:०३ बजे