५ माघ २०८१, शनिवार

थप ३८० सङ्क्रमित, कुल २२ हजार ९७२

काठमाडौँ । कोरोनाभाइरसका ३८० जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमित सातहजार ५४४ रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा पछिल्लो चौबीस घण्टामा ४० जना कोरोनामुक्त भएर घर फर्केका जनाएको छ । हालसम्म १६ हजार ३५३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आइतबार ९२ जना नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ९० र ललितपुरमा दुईजना थप भएका हुन् । भक्तपुर जिल्लामा भने आइतबार सङ्क्रमित थपिएका छैन ।

प्रकाशित मिति: २५ साउन २०७७, आइतवार २१:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु