१२ माघ २०८१, शनिवार

काभ्रेमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे । काभ्रेमा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संघीय प्रहरी कार्यालय बनेपामा कार्यरत तीन प्रहरी र जिल्ला प्रहरी काभ्रेमा कार्यरत एक प्रहरीमा कोरोना पुुष्टि भएको हो । यस अघि संघिय प्रहरीका ७ जनामा कोरोना पुष्टि भएको थियो । शुक्रबार संघिय प्रहरीमा कार्यरत २२ जनाको स्वाब संकलन गरिएको थियो । जसमा तीन जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत संक्रमित प्रहरी बिदामा घर गएर फर्किएका थिए । घरबाट फर्किएका उनलाई क्वारेन्टिनमा राखिएको थियो । ती प्रहरीमा संक्रमण देखिएसँगै जिल्ला प्रहरीले उच्च सतर्कता अपनाएको एसपी रविकुमार पौडेलले बताउनुभयो ।

भुम्लु गाउँपालिका ६ का १९ वर्षीय एक युवकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । कुरीयर कम्पनिमा कार्यरत उनी काठमाडौँ आउने जाने गरेको खुलेको छ । यससँगै, जिल्लामा कोरोना संक्रमितको संख्या ४७ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र कुमार झाले बताउनुभएको छ ।

प्रकाशित मिति: २६ साउन २०७७, सोमवार २१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु