११ वैशाख २०८३, बिहीवार

धुलिखेल बालमैत्री नगर बन्दै

धुलिखेल नगरपालिकाको ५५ वटा बालक्लबहरुलाई खेलकुदको सामाग्री हस्तान्तरण

धुलिखेल । धुलिखेल नगरपालिकाले बाल मैत्री नगरपालिका घोषणाका लागि सबै वडाहरुमा गठित बालक्लबहरुको सुदृढीकरणका लागि स्टेसनरी र खेलकुलका सामग्री वितरण कार्यक्रम गरेको छ ।
स्थानीय तह निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिले आफ्नो घोषणा पत्रमा उल्लेख भए बमोजिमको विभिन्न योजनाहरु मध्य धुलिखेल नगर लाई बालमैत्री नगर घोषणा गर्ने योजना अनुरुप नै कामहरु भइरहेको नगर प्रमुख अशोक व्याञ्जुले बताउनु भयो । धुलिखेल नगरपालिकाले बालबालिकाको हक अधिकार सुनिश्चित गराउने उद्देश्यले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा जोड दिदैँ आएको कुरा नगर प्रमुख अशोक व्याञ्जुले बताउनुभयो ।
धुलिखेल नगरलाई बालमैत्री नगर घोषणा गर्नको निमित्त हालसम्म धुलिखेल नगरपालिकाकाे ६ वटा वडाहरुलाई बालमैत्री वडा घोषणा गरिएको छ । पहिला धुलिखेल १० सारदा बतासेलाई बालमैत्री वडा घोषणा गरिएको थियो । साथै ५ वटा वडाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुन ५ गते बालमैत्री वडा घोषणा गर्नुभएको थियो । अब सन् २०२० सम्ममा धुलिखेल नगरपालिकालाई नै बालमैत्री नगर घोषणा गर्ने नगरको योजना अनुसार धुलिखेल नगरपालिकामा गठन भएको ५५ वटा बालक्लबहरुलाई आज खेलकुद र बालक्लब संचालनमा चाहिने आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति: २७ साउन २०७७, मंगलवार १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु