२ माघ २०८१, बुधवार

बनेपा ,धुलिखेल र पनौती नगरपालिका भएर बग्ने पुन्यमाता करिडोर शिल्यान्यास

काभ्रे । बनेपा ,धुलिखेल र पनौती नगरपालिका भएर बग्ने पुन्यमाता नदी करिडोर निमार्ण कार्यको शिल्यान्यास आज भयो ।

नेपाल सरकारका पुर्व सञ्चार मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा करिडोर शिल्यान्यास कार्यक्रम आज भएको हो ।

जिल्लाकै गौरबपूर्ण आयोजनाको रुपमा हेरिएको पुन्यमाता करिडोरको पहिलो चराणको कामका लागि रु १५ करोड विनियोजन भएको छ ।

बनेपा ,धुलिखेल र पनौती नगरपालिका भएर बग्ने पुन्यमाता नदी करिडोर निमार्ण कार्यको शिल्यान्यास नेपाल सरकारका पुर्व सञ्चार मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाले गर्नु भएको छ । शिल्यान्यास कार्यक्रममा प्रतिनिधी सांसद गंगा बहादुर दोङ, वगमती प्रदेश सासद बसुन्धरा हुमागाई, जिल्ला समन्वय प्रमुख उद्धब केसी धुलिखेल नगरपालिका प्रमुख तथा नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु, बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे पनौती नगरपालिका प्रमुख भिम न्यौपाने सहरी विकास मन्त्रालयका सचिब , तिनवटै नगरपालिकाका उप प्रमुख, वडा अध्यक्षहरु लगाएत विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

बनेपा नगरपालिका नालादेखि धुलिखेलको श्रीखण्डपुर र पनौती नगरपालिकाको त्रीवेणी घाटसम्म तीन चरणमा गरी करिडोर निर्माणको काम हुनेछ ।

करिडोर निर्माणका लागि लामो समयदेखि यस क्षेत्रका संघिय सभासद् एवं पूर्व मन्त्री बाँस्कोटा लागि पर्नुभएको थियो । पुन्यमाता करिडोर बनेसँगै पुन्यमाता नदी व्यवस्थित हुनेछ भने यो आवाजावतमा समेत सहजता हुनेछ । नदीको किनारैकिनार बन्ने सडकले बैकल्पिक मार्गको रुपमा समेत काम गर्नेछ ।

प्राचीन पुन्यमति नदि किनाराका प्राचीन सम्पदाहरु मन्दिर, घाट, पाटि पौवा बचाएर करिडोर निर्माण गरिने पुर्व मन्त्री बास्कोटाले जानकारी दिनु भएको छ उहाले भन्नु भो “प्राचीन शहरको मौलिकता मासिने छैन र नदि किनारा आसपासका घाट मन्दिर पाटि पौवा सत्तलको झन सरक्षण गरिने छ!”

प्रकाशित मिति: २८ साउन २०७७, बुधवार १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु