धुलिखेल नगरपालिका भोलिबाट भाद्र ५ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द
धुलिखेल नगरपालिका भोलिबाट भाद्र ५ गतेसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द

धुलिखेल । धुलिखेल अस्पतालमा एक स्वास्थ्य कर्मी र एक होटल व्यवसायी लाई कोरोना संक्रमण पुष्टि भएपछि धुलिखेल नगरपालिका भोलि देखि भाद्र ५ गते सम्म बन्द रहने छ ।
काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका क्षेत्रभित्र तथा जिल्ला भरि कोरोनाको संक्रमितहरूको सङ्ख्या वृद्धि भई त्यसबाट उत्पन्न जोखिमलाई मध्यनजर गर्दै धुलिखेल नगरबाट प्रभाव हुने अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु भाद्र ५ गतेसम्मको लागि बन्द गरिएको छ ।
यस अवधिमा नगर क्षेत्र भित्र कुनै पनि बैठक गोष्ठी बेला लगायतका कार्यमा रोक लगाइएको कुरा नगर प्रमुख अशोक व्याञ्जुले बताउनुभयो । साथै धार्मिक स्थलमा हुने दैनिक नित्य पूजा बाहेक अन्य कुनैपनि गतिविधिहरु समेत नगर्न धुलिखेल नगरपालिकाले अनुरोध गरेको छ ।चाडपर्व मनाउँदा समेत भौतिक दुरि कायम राखी स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ । साथै धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी तथा नजिकको होटल व्यवसायीलाई समेत कोरोना देखिएकोले अस्पताल वरिपरि २०० मिटर क्षेत्रलाई क्षेत्र सिल गरिएको कुरा नगर प्रमुख अशोक व्याञ्जुले बताउनुभयो । यसअवधिमा होटल व्यवसाय सबै पसलसमेत बन्द गर्न र अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन समेत नगरपालिकाले आम नगरवासीमा कोरोना संक्रमण फैलिन नदिन अवलम्बन गर्नुपर्ने नेपाल सरकारको मापदण्ड पूरा गर्न तथा कसैलाई शंकास्पद कोरोनाको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न र नेपाल सरकार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक तथा जिल्ला डिसिएमसिले गरेको निर्णयहरुलाई पूर्ण पालना गर्नु हुन धुलिखेलको सम्पूर्ण नगरवासीमा नगरपालिकाले अपिल गरेको छ ।
प्रकाशित मिति: २९ साउन २०७७, बिहीवार १९:०४ बजे