२१ वैशाख २०८३, आइतवार

काग्रेंस जिल्ला सभापतिकै वडाबाट २ सय २१ यूवा नेकपामा प्रवेश

काभ्रे । काभ्रे काग्रेंस सभापति मधु आचार्यको गृह वडाबाट २ सय २१ यूवा नेकपामा प्रवेश गरेका छन् ।

पनौती नगरपालिका वडा नं. ११ बल्थलीबाट विगतमा नेपाली काग्रेंसमा सकृय राजनीति गर्ने यूवा राजनीतिमा नयाँ पाइला राख्ने जोसिला यूवासहित २ सय २१ जना यूवा नेकपामा प्रवेश गरेका हुन् ।
शनिवार बल्थलीमा आयोजित एक कार्यक्रममा उनीहरु नेकपामा सभाहित भएका हुन् । नवप्रवेशी कार्यकर्ताहरुलाई नेकपा केन्द्रीय सदस्य एवं काभ्रेका इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले टिका लगाएर स्वागत गर्नुभएको छ ।

कार्यक्रममा नवप्रवेशी कार्यकर्ताहरुले ‘बलथलीबाट काग्रेंस बडार्ने’ उद्घोष गरेका थिए ।

नेकपा वडा संयोजक नवराज थापाको सभापतीत्वमा भएको कार्यक्रमा नेकपाका नेताहरु रामहरी सुवेदी, बसुन्धरा हुमागाँई, भिम न्यौपाने, गिता बन्जरा, दैबलाल घिसिङ अनुशिल कुमार थाप, सुरेश हुमागाँई, शान्ता न्यौपाने, बिपिन लामा लगायतको उपस्थिति थियो ।

कार्यक्रमपछि पूवै मन्त्री बास्कोटाले नेपाली काग्रेंसले एक जना कार्यकर्ता लाँदा आफ्नो बाँया हात नै काटेक जसरी प्रचार गरको भन्दै आज एउटै वडाबाट काग्रेंसका मात्रै ९९ जना कार्यकर्ता नेकपामा प्रवेश गरेको भन्दै ट्विट गर्नुभएको छ । अपडेट खबरबाट

प्रकाशित मिति: ३१ साउन २०७७, शनिवार २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु