२ माघ २०८१, बुधवार

प्रहरी अस्पतालका दुई डीआईजीमा कोरोना सङ्क्रमण

काठमाडौँ । नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा कार्यरत दुई डीआईजीमा कोरोना सङ्क्रमण पाइएको छ । सो अस्तपालमा कार्यरत डीआइजीहरूमा सङ्क्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताउनुभयो ।

नेपाल प्रहरीको हेडक्वार्टर र अस्पतालमा गरी १५५ जनामा सङ्क्रमण भइसकेको छ । यस्तै प्रहरीको देशभर ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये १४० जना निको भएका छन् ।

प्रकाशित मिति: ३२ साउन २०७७, आइतवार १४:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु