कोरोना संक्रमणबाट काभ्रेमा थप एकको मृत्यु
काभ्रेपलाञ्चोक । काभ्रेमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । धुलिखेल घर भई उपचारार्थ ९८ वर्षीय ज्येष्ठ नागरिकको कोरोना सङ्क्रमणको कारण निधन भएको हो । यस अघि काभ्रेको पाँचखालकी एक महिलाको मृत्यु भएको थियो ।
योसँगै काभ्रेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । हालसम्म काभ्रेमा कोरोना सङ्क्रमितको सङ्ख्या ८० पुगेको छ ।
प्रकाशित मिति: २ भदौ २०७७, मंगलवार ०८:४३ बजे