२९ माघ २०८१, मंगलवार

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा कोरोना परीक्षण सुरु ,पहिलो ३२ वटा स्वाब परिक्षण सबैको रिपोर्ट नेगेटिभ

धुलिखेल । धुलिखेलको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गर्न सुरु भएको छ । आज ३२ जनाको परीक्षण गरिएको धुलिखेल नगरपालिकाका स्वास्थ्य प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो ।

दैनिक एक हजार जनाकाे स्वाब परीक्षण गर्न सकिने प्रयाेगशालामा हिजो सन्जिवनी क्वारेन्टाइन र समुदायबाट संकलन गरिएकाे ३२ जनाको स्वाब पहिलो चरणमा परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयाे । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले शनिबार प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

प्रयोगशाला ब्यवस्थापन धुलिखेल नगरपालिकाले गरेको छ । प्रयोगशालामा सरकारी दरबन्दीका १३ र करारमा ९ जना कर्मचारीले काम गर्नेछन् । धुलिखेलको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लामा संकलन गरिएको स्वाब परीक्षण गरिनेछ ।

प्रकाशित मिति: ८ भदौ २०७७, सोमवार २२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु