काभ्रेमा १७ जनामा कोरोना संक्रमित थपिए
काभ्रे । काभ्रेमा आज १७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमित बनेपा, पनौती, धुलिखेल र भुम्लुका रहेको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका डा.नरेन्द्र कुमार झाले बताउनुभयो ।
संक्रमण पुष्टि हुनेमा बनेपाका ६ जना, पनौतीका ६ जना, धुलिखेल अस्पतालका ३ जना र भुम्लु गाउँपालिकाका २ जना रहेका छन् । उनिहरु स्वास्थ्यकर्मीका् सम्पर्कमा रहेको डा. झाले जानकारी दिनुभयो ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६२ जना पुगेको छ ।
प्रकाशित मिति: ९ भदौ २०७७, मंगलवार १८:४६ बजे