धुलिखेल नगरपालिकाको सबै सेवा भाद्र १५ सम्म बन्द
धुलिखेल । धुलिखेल नगरपालिकाले सबै खालका सेवा थप ५ दिन बन्द गर्ने निर्णय गरेको छ ।
धुलिखेल नगर क्षेत्र भित्र कोरोना भाइसर संक्रमितको संख्या बढे संगै गत साउन ३० गते देखि भाद्र १० सम्म लागू हुने गरि अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गर्ने निर्णय गरिएकोमा हाल सम्म अवस्था सामान्य नभको हुदा पुन ५ दिन सेवा बन्द गरिएको नगर प्रमुख अशोक ब्यञ्ज्युले जानकारी दिनु भएको छ ।
नगरपालिका भित्र कुनै किसिमको भेला गोष्ठी र जमघट नगर्न समेत नगरपालिकाले अनुरोध गरेको छ । साथै धुलिखेलमा संक्रमित बढे सङ्गै सम्पुर्णलाई घरमै सुरक्षीत रहन अनुरोध पनि गरिएको छ ।
प्रकाशित मिति: १० भदौ २०७७, बुधवार १९:१३ बजे











