थप एकहजार १११ काेराेना सङ्क्रमित थपिए, कुल ३५ हजार ५२९
काठमाडौँ । नेपालमा एकहजार १११ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम एकहजार १११ जनामा सङ्क्रमणको पुष्टि भएको हाे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५२९ पुगेको जनाएको छ ।
थप ३३४ महिला र ७७७ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरु १५ हजार २७३ रहेका छन् । होम आइसोलेसनमा छहजार २१० र संस्थागत आइसोलेसनमा नौहजार ६३ रहेका छन् ।
भेन्टिलेटरमा १७ रहेका छन् । पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशतमा झरेको छ । कुल डिस्चार्ज भएकाहरु २० हजार ७३ पुगेको छ ।
विदेशबाट फर्केका अधिकांश नेपाली क्वारेन्टिनमा बसेको छन् । यसरी बस्ने सङ्ख्या नौहजार ४८६ रहेका छन् ।
आठजनाको मृत्यु
नेपालमा २४ घण्टामा सङ्क्रमित पाँचमहिलासहित आठजनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुने एकसय ८३ पुगेको छ । नेपालमा कुल सङ्क्रमितको अनुपातमा मृत्यु हुने प्रतिशत शुन्य दशमलब ५२ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
प्रकाशित मिति: ११ भदौ २०७७, बिहीवार १६:४६ बजे











